Main News

संसदीय छानबिन विशेष समितिद्वारा सीसीटीभीबारे अर्थमन्त्रालयका उच्च अधिकारीसँग सोधुपुछ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन १ गते १६:१३
संसदीय छानबिन विशेष समितिद्वारा सीसीटीभीबारे अर्थमन्त्रालयका उच्च अधिकारीसँग सोधुपुछ (भिडियो रिपोर्टसहित)

१ साउन २०७९ काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको सीसीटीभीसँग सम्बन्धित ईन्जिनियरसँग सोधपुछ गरेको बताएको छ ।

आज सिंहदरबारमा बसेको समितिको बैठकमा अर्थ मन्त्रालयका उच्च तह तथा अन्य विभिन्न तहका पदाधिकारीहरुसँग सोधपुछ सक्ने तयारी रहको बताएको हो ।

समितिका सचिव सुरेन्द्र अर्यालले आज अर्थ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख, सीसीटीभीसँग सम्बन्धित काम गर्ने आइटी ईन्जिनियर र बजेट महाशाखा प्रमुखसँग पनि सोधपुछ गरेको बताउनु भयो । उहाँले आजै अर्थ मन्त्रालयका राजश्व सचिव, अर्थ सचिवसँग पनि छलफल गर्ने कार्यक्रम रहेको बताउनुभयो । शनिबार समितिले मुल गेटदेखिका सीसीटीभीका गतिविधिहरुमा विशेष जोड दिएर अध्ययन गरिरहेको बताएको थियो ।

सचिव अर्यालले आज नै अर्थ मन्त्रालयसँग सम्बन्धित विषयका प्रमाण र काजगका लागि आवश्यक सबै अधिकारीहरुसँग छलफल तथा सोधपुछ सकेर समिति अगाडि बढ्ने तयारी रहेको बताउनुभयो ।

तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्ति मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको थियो । पूर्वअर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *