Main News

गभर्नरको राजीनामा माग्दै बालुवाटारमा विद्यार्थी संगठनको संयुक्त विरोध प्रदर्शन (भिडियोसहित)

हिमालय टिभी
२०७९ साउन १ गते १४:०५
गभर्नरको राजीनामा माग्दै बालुवाटारमा विद्यार्थी संगठनको संयुक्त विरोध प्रदर्शन (भिडियोसहित)

१ साउन २०७९ काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै विद्यार्थी संगठनले बालुवाटारमा प्रदर्शन गरेका छन् ।

आज नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र माओवादी निकट अनेरास्ववियू (क्रान्तिकारी)ले बालुवाटारमा प्रदर्शन गरेका हुन् । गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य भएको आरोप लागेपछि गभर्नरविरुद्ध विद्यार्थी आन्दोलित बनेका हुन् ।

सरकारलाई दबाब दिएर गभर्नरको राजीनामा माग गर्न विद्यार्थीले प्रदर्शन शुरु गरेका हुन् । प्रदर्शनमा बोल्दै अहिख क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले नेकपा एमालेले ऐन, कानून मिचेर गभर्नर अधिकारीलाई राजीनामा दिनबाट रोकिरहेको बताउनुभयो ।

उहाँले गभर्नरको राजीनामा नआएसम्म आन्दोलन जारी रहने बताउनुभयो । राज्य शक्तिको दुरुपयोग गरेर नेकपा एमालेले अहिलेपनि काम गरिरहेको आरोप लगाउनुभयो ।

उहाँले ऐन छलेर एमालेले अर्थतन्त्रको नेतृत्व गर्न दिएको भन्दै राजीनामा आउनुपर्ने माग गर्नुभयो । उहाँले नेकपा एमालेले खोटाङमा डमी एम अधिकारी खोज्न टर्च बालिरहेको बताउनुभयो । उहाँले डमीको रुपमा ल्याउन लागिएका एम अधिकारी स्वीकार्य नहुने चेतावनी दिनुभयो ।

प्रदर्शनमा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले राजनीतिक पदमा रहेको व्यक्ति गभर्नर हुन नपाउने भन्दै तत्काल गभर्नर अधिकारीले राजीनामा दिनुपर्ने बताउनुभयो । उहाँले २४ घण्टाभित्र राजीनामा नदिए थप आन्दोलन चर्काउने चेतावनी दिनुभयो ।

अध्यक्ष शेर्पाले आजको कार्यक्रम शान्तिपूर्ण रहेको र गभर्नर अधिकारीले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने बताउनुभयो । प्रदर्शनका क्रममा प्रहरीले केही विद्यार्थीलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *