Main News

पर्याप्त पानी नपर्दा देशभर बढ्यो गर्मी, पर्सिदेखि पानी पर्ने पूर्वानुमान

हिमालय टिभी
२०७९ साउन १ गते ९:१०
पर्याप्त पानी नपर्दा देशभर बढ्यो गर्मी, पर्सिदेखि पानी पर्ने पूर्वानुमान

१ साउन २०७९ काठमाडौं । मनसुन चलिरह पनि पर्याप्त पानी नपर्दा देशभर गर्मी बढेको छ ।

एक हप्तामा ३ देखि ७ डिग्री सेल्सियससम्म अधिकतम तापक्रम बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गत शनिबार २७ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको पोखराको हिजोको अधिकतम तापक्रम ३४ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ ।

गत शनिबार २० डिग्री सेल्सियस रहेको जोमसोमको हिजोको तापक्रम २५ डिग्री मापन गरिएको छ । गत शनिबार २८ दशमलव ५ डिग्री मापन गरिएको काठमाडौँको हिजोको तापक्रम ३१ दशमलव ५ डिग्री सेल्सियस पुुगेको छ ।

महाशाखाले दैनिक अद्यावधिक गर्ने २० वटा मापन केन्द्रमध्ये १३ वटाको अधिकतम तापक्रम ३० डिग्रीभन्दा माथि छ । तर आज र भोलि तापक्रम घट्ने गरी पानी पर्ने सम्भावना कम रहेको वरिष्ठ मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार पर्सिलाई भने देशका विभिन्न ठाउँमा भारी वर्षासमेत हुने देखिएकाले त्यसपछि भने अधिकतम तापक्रम थोरै भए पनि घट्न सक्नेछ । यसले केही राहत मिल्ने उहाँको भनाइ छ ।

आज र भोलि देशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुनेछ । तर पर्सि सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *