माओवादी नेताले गरेको एकताको याचनामा एमाले अध्यक्ष ओलीले दिए यस्तो जवाफ (भिडियो रिपोर्टसहित)

३२ असार २०७९ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच वाम एकता र चुनावी तालमेलका विषयमा सवाल जवाफ भएको छ ।
काठमाडौंमा नेपालको भूराजनीतिक अवस्थाबारे छलफल कार्यक्रममा माओवादीका नेता श्रेष्ठले तत्कालै वामपन्थीहरुबीच एकता गर्न नसकिए चुनावी तालमेल गरेर अघि बढ्न सकिने बताउनुभयो ।
नेता श्रेष्ठले वामपन्थी एकताका लागि सबै कम्युनिष्ट शक्ति एकीकृत हुनुपर्नेमा पनि जोड दिनुभयो । उहाँले एउटै मञ्चमा रहेका एमाले अध्यक्ष ओलीको नाम नै लिएर एकताका लागि आत्मालोचना गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा एमाले अध्यक्ष ओलीले सत्तारुढ नेताहरुलाई सही विचारका लागि गठबन्धन गर्न आग्रह गर्नुभयो । उहाँले नेपालमा एमालेबाहेक वामपन्थी कोही नभएको भन्दै कांग्रेसको पछाडि नलाग्न माओवादीलाई सुझाव दिनुभयो । उहाँले माओवादी नेता श्रेष्ठलाई जवाफ दिँदै पार्टीलाई आफ्नो विचारमा ल्याउन आग्रह गर्नुभयो ।
अध्यक्ष ओलीले साइन बोर्ड मात्र राखेर कुनै पनि दल वामपन्थी नहुने बताउनुभयो ।
प्रतिक्रिया