Main News

छानबिन समितिद्वारा अर्थ मन्त्रालयको सीसीटीभी फुटेज अध्ययन शुरु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार ३२ गते १७:१०
छानबिन समितिद्वारा अर्थ मन्त्रालयको सीसीटीभी फुटेज अध्ययन शुरु (भिडियो रिपोर्टसहित)

३२ असार २०७९ काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको सीसीटीभी फुटेज अध्ययन शुरु गरेको छ ।

सिंहदरबारमा बसेको समितिको बैठकले अर्थ मन्त्रालयको मूल गेटदेखिका सीसीटीभीका गतिविधिहरुमा विशेष जोड दिएर अध्ययन गरिरहेको बताएको हो ।

समितिका सचिव सुरेन्द्र अर्यालले शनिबार राजश्व विभाग र भन्सार विभागका महानिर्देशकसँग छलफल गरेको र आजै अर्थ मन्त्रालयका राजश्व सचिव, अर्थसचिवसँग पनि छलफल गर्ने कार्यक्रम रहेको बताउनु भयो । उहाँले आज नै अर्थ मन्त्रालयका विभिन्न महाशाखा प्रमुखहरुसँग छलफल गर्ने कार्यतालिका रहेको पनि बताउनु भयो ।

सचिव अर्यालले आज प्राविधिक विषय सीसीटभिीका बारेमा केन्द्रित भएर छलफल गर्ने र अध्ययनलाई समयसीमाभित्र नै टुंगोमा पुर्‍याउने गरी अघि बढेको बताउनुभयो ।

तत्कालीन अर्थमन्त्री शर्माले २०७९–०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्ति मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ ।

पूर्व अर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *