Main News

प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै भू–भागमा वर्षा हुने

हिमालय टिभी
२०७९ असार ३२ गते ९:१९
प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै भू–भागमा वर्षा हुने

३२ असार २०७९ काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज दिनभर मौसम आंशिकदेखि सामान्यतया बदली रहने बताएको छ ।

हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको भन्दै महाशाखाले आज देशभर आंशिकदेखि सामान्यतया मौसम बदली रहने बताएको हो । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्यता बदली रहनेछ ।

देशभरका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि मौसम सामान्यता सफा रहने महाशाखाले जनाएको छ ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै र अन्य प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन भने आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *