Main News

उपसभामुखमा पुष्पा भुसाल, कस्तो छ भुसालको राजनीतिक यात्रा ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार ३१ गते २१:१२
उपसभामुखमा पुष्पा भुसाल, कस्तो छ भुसालको राजनीतिक यात्रा ? (भिडियो रिपोर्टसहित)

३१ असार २०७९ काठमाडौं । संघीय संसदको प्रतिनिधिसभाले साढे २ वर्षपछि उपसभामुख पाएको छ । आज भएको निर्वाचनपछि उपसभामुखमा सत्ता गठबन्धनको उम्मेदवार पुष्पा भुसाल गौतम निर्वाचित हुनुभएको हो । कस्तो छ भुसालको राजनीतिक यात्रा ?

२०७६ माघ ६ गते शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि प्रतिनिधिसभा उपसभामुखविहीन बन्यो । सत्ता गठबन्धनले कांग्रेस सचेतक भुसाललाई उम्मेदवार बनाउँदा एमालेले विद्या भट्टराईलाई अघि सार्‍यो । शुक्रबार भएको निर्वाचनमा २४२ मत खस्दा भुसालले १४८ र भट्टराईले ९३ मत प्राप्त गर्नुभयो ।

२०७४ चैतमा भएको निर्वाचनमा तुम्बाहाङ्फेसँग उपसभामुख पराजित भुसाल दोस्रो प्रयासमा उपसभामुख हुनुभयो । निर्वाचित भएलगत्तै भुसालले उपसभामुखको रुपमा निर्वाचित हुँदा जिम्मेवारी थपिएको बताउनुभयो ।

२०१७ साल फागुन १ गते अर्घाखाँचीमा राजनीतिक परिवारमा जन्मिएकी भुसाल ०२८ सालदेखि राजनीतिमा सक्रिय बन्नुभयो । उहाँका पिता काशिनाथ गौतम २०१५ मा सांसद हुँदै वीपी कोइरालाको मन्त्रिपरिषदमा स्वास्थ्यमन्त्री हुनुहुन्थ्यो ।

१७ वर्ष वकालत र प्राध्यापनमा बिताएकी भुसाल २०६४ सालमा अर्घाखाँचीबाट निर्वाचित हुँदै संविधानसभा सदस्य हुनुभयो । २०६३ सालको अन्तरिम संविधानको मस्यौदाकारसमेत रहेकी भुसाल कांग्रेसको केन्द्रीय सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *