समाज

बाँकेमा रुख खेती गर्ने किसानको संख्या बढ्दो (भिडियो रिपोर्टसहित)

२०७९ असार ३१ गते १८:३१
बाँकेमा रुख खेती गर्ने किसानको संख्या बढ्दो (भिडियो रिपोर्टसहित)

३१ असार २०७९ बाँके । बाँकेमा रुख खेती गर्ने किसानको संख्या बढेको छ । कम लगानीमा धेरै आम्दानी हुने भएकाले किसान रुख खेतीमा आकर्षित भएका हुन् । वन कार्यालयले पनि किसानलाई रुखको विरुवा निःशुक्ल वितरण गरिरहेको छ ।

केही दिनयता बाँकेको डिभिजन वन कार्यालय नेपालगञ्ज र सवडिभिजन कार्यालय कोहलपुर, शम्शेरगञ्ज, फत्तेपुर र सिक्टामा किसानको भीड छ । साइकल, मोटरसाइकल मात्र नभई गाडी नै लिएर किसान यहाँ रुखको विरुवा लिन आउने गरेका छन् ।

पहिलापहिला अन्नबाली लगाउने किसान अहिले रुख खेतीमा आकर्षित भएका छन् । कम मेहनतमा परम्परागत खेतीबालीबाट भन्दा धेरै आम्दानी हुने, बाढी, किरा तथा रोगबाट समेत कम क्षति हुने भएकाले किसान अहिले निजी वन दर्ता गराएर व्यवसायिक रुपमा रुख खेतीमा लागेका हुन् ।

डिभिजन वन कार्यालय बाँकेले पछिल्ला वर्ष मसला, सिमल, बास, खयर, सागुन, बकाइनो, बेल, अमला, बाँसलगायत विरुवा उत्पादन गरी किसानलाई वितरण गर्दै आएको छ ।

वन कार्यालयमा निजी वन नै दर्ता गराएर रुख खेती गर्ने किसानको संख्या १ सय २४ पुगेको छ । दर्ता नगराई सञ्चालन गर्नेको संख्या त्यो भन्दा बढी छ । अहिले बाँकेका एक सय ५० हेक्टर खेतीयोग्य जमिनमा रुख खेती हुँदै आएको छ । अरु बालीको तुलनामा रुख खेतीमा दुःख कम र मुनाफा धेरै हुने भएकाले किसान यसप्रति आकर्षित छन् ।

बहुवर्षीय बाली रुख खेती ६–७ वर्षमा तयार हुन्छ । रुख खेतीलाई प्रवर्द्धन गर्न सके बर्सेनि अर्वौंको काठ आयात गर्नुपर्ने बाध्यता हट्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *