Main News

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

हिमालय टिभी
२०७९ असार ३१ गते ७:५२
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

३१ असार २०७९ काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफल जारी रहनेछ ।

यस्तै, सभामुख अग्निप्रसाद सापकोटाले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *