Main News

उपसभामुख चयनका लागि आज मनोनयन दर्ता आज

हिमालय टिभी
२०७९ असार ३० गते ७:५७
उपसभामुख चयनका लागि आज मनोनयन दर्ता आज

३० असार २०७९ काठमाडौं । उपसभामुख चयनका लागि आज मनोनयन दर्ता हुँदैछ ।

प्रतिनिधिसभामा रिक्त उपसभामुख चयनका लागि आज मनोनयन दर्ता गर्न लागिएको हो । भोलि शुक्रबार उपसभामुख चयन गर्ने संसद सचिवालयले जनाएको छ ।

डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि प्रतिनिधि सभामा साढे दुई वर्षदेखि उपसभामुख पद रिक्त छ । तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि नेकपाका तर्फबाट अग्निप्रसाद सापकोटा सभामुख बन्नुभएको थियो ।

संविधानअनुसार एउटै दलबाट सभामुख र उपसभामुख बन्न नपाइने भएपछि तुम्बाहाङ्फेले उपसभामुख पदबाट राजीनामा दिनुभएको थियो । केपी शर्मा ओली प्रधानमन्त्री रहुञ्जेल करिब डेढ वर्ष उपसभामुख चयनतर्फ सरकारले चासो दिएको थिएन ।

शेरबहादुर देउवा प्रधानमन्त्री भएको एक वर्ष बितिसक्दा पनि अहिलेसम्म उपसभामुख पद खाली छ। विपक्षी दलका नाताले उपसभामुख पदमा एमालेले स्वाभाविक दाबी गर्ने देखिन्छ। यसैबीच प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ ।

बैठक दिउँसो ३ बजे बोलाइएको संसद सचिवालयले जनाएको छ । आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ संसदमा पेस गर्ने सम्भावित कार्यसूची छ ।

यसअघि हिजोको बैठकमा गृहमन्त्री खाणले नागरिकता विधेयक सदनमा प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *