Main News

मोबाइल चोरको घरमा छापा मार्दा फेला पर्‍यो ८० राउण्ड गोली

हिमालय टिभी
२०७९ असार २९ गते १५:०५
मोबाइल चोरको घरमा छापा मार्दा फेला पर्‍यो ८० राउण्ड गोली

२९ असार २०७९ झापा । झापाको भद्रपुरमा मोबाइल चोरीको आरोपमा पक्राउ परेका एक व्यक्तिबाट पेस्तोलमा लाग्ने ८० राउण्ड गोली बरामद भएको छ ।

भद्रपुर नगरपालिका–५ का १८ वर्षीय मोहम्मद प्यारेले राजु अग्रवालले संचालन गरेको प्रियंका मोबाइल पसलबाट २९ थान मोबाइल, दुई थान घडी र ६१ हजार पाँच सय नगद गरी कुल पाँच लाख १८ बराबरको सामान चोरी गरेका थिए ।

गत २४ गते भएको चोरीको घटनापछि प्रहरीले अनुसन्धानको क्रममा २८ गते अभियुक्त पक्राउ गरेको थियो । पक्राउ परेका व्यक्तिलाई सोधपुछ र अनुसन्धान गर्ने क्रममा चोरी भएकामध्ये १ थान मोबाइल, मोबाइलको चार्जर २७ थान र उसको घरबाट ८० राउण्ड पेस्तोलको गोली बरामद भएको हो ।

यसका साथै निजले सटर फुटाउन प्रयोग गरेको रड र पसलमा लगाएको तोडिएको तालासमेत बरामद भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ । चोरीमा साथ दिने निजको बुबा आमा भारत फरार भएको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *