Main News

सरोज अधिकारीले गरे प्रेस युनियनको केन्द्रीय अध्यक्षमा उमेदवारी घोषणा

हिमालय टिभी
२०७९ असार २९ गते १४:१९
सरोज अधिकारीले गरे  प्रेस युनियनको केन्द्रीय अध्यक्षमा उमेदवारी घोषणा

२९ असार २०७९ काठमाडौं । नेपाल प्रेस युनियनको आसन्न महाधिवेशनमा सरोज अधिकारीले केन्द्रीय अध्यक्षमा उमेदवारी घोषणा गरेका छन् ।

वर्तमान कार्यसमितिका कोषाध्यक्ष अधिकारीले आज विभिन्न बिटमा काम गरिरहेका पत्रकारहरूसँगको छलफलको क्रममा उमेदवारी घोषणा गरेका हुन् । यसअघि कांग्रेस बिटमा काम गरिरहेका क्रियाशील पत्रकार, सम्पादक, जिल्ला अध्यक्ष र पार्षदहरूसँग राय लिइसकेका अधिकारीले आज भने औपचारिक रूपमा उमेदवारी घोषणा गरेका हुन् ।

‘म आज प्रेस युनियनको केन्द्रीय अध्यक्षमा उमेदवारी घोषणा गर्न चाहन्छु,– अधिकारिले भने, ‘अब म अध्यक्षको उमेदवारीबाट पछि हट्ने छैन ।’ उनले आफू सँधै श्रमजीवी पत्रकारको साथमा रहेको बताउँदै श्रमजीवी पत्रकारको पक्षमा कसैसँग सम्झौता नगर्ने, पत्रकारको हकहित र पेशागत सुरक्षा र पत्रकारको क्षमता अभिवृद्धिका लागि काम गर्ने प्रतिबद्धता पनि जनाए ।

उम्मेदवारी घोषणा कार्यक्रममा संसदीय मामिला पत्रकार समाज, नेपाल आर्थिक पत्रकार समाज ( सेजन), खेलकुद पत्रकार मञ्च, फोटो पत्रकार क्लब, चलचित्र पत्रकार संघ, नेपाल सहकारी पत्रकार समाज, स्वास्थ्य पत्रकारलगायतका शुभेच्छुक पत्रकारहरूको सहभागिता थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *