Main News

प्रतिनिधि सभा बैठकमा नागरिकतासम्बन्धी विधेयक पेश गरिँदै

हिमालय टिभी
२०७९ असार २९ गते १०:४६
प्रतिनिधि सभा बैठकमा नागरिकतासम्बन्धी विधेयक पेश गरिँदै

२९ असार २०७९ काठमाडौं । सरकारले आज नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक–२०७९ संसदमा पेश गर्दैछ ।

प्रतिनिधि सभामा विधेयक पेश गर्ने सम्भावित कार्यसूची रहेको छ । संसदको सम्भावित कार्यसूचीमा गृहमन्त्री बालकृष्ण खाणले उक्त विधेयक पेस गर्ने उल्लेख गरिएको छ ।

आजकै बैठकमा उक्त विधेयक प्रस्तुत गर्ने प्रस्तावमाथि सांसद प्रेम सुवाल, शेरबहादुर तामाङ र भीमबहादुर रावलले प्रस्तुत गरेको विरोधको सूचना निर्णयार्थ प्रस्तुत हुनेछ ।

नेपाल रेल्वे विधयक(२०७९ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने, पारित गर्न प्रस्ताव गर्ने कार्यसुची पनि रहेको छ ।

आयुर्वेद विश्वविद्यालय विधेयक २०७६ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्नेलगायतका कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *