Main News

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

हिमालय टिभी
२०७९ असार २९ गते ९:३९
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

२९ असार २०७९ काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

आजको बैठकमा हिजो बोल्न बाँकी सदस्यहरुले आफ्नो धारणा राख्ने कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो । हिजोको बैठकमा सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले मर्यादाक्रम निर्धारणसम्बन्धी मस्यौदा छलफलका लागि प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तावित वरीयता क्रमको मस्यौदामा केन्द्रीय सभापति, पूर्वकेन्द्रीय सभापति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र संसदीय दलका नेता क्रमश रहने व्यवस्था गरिएको छ । वरीयताक्रमबारे विवाद उत्पन्न हुन थालेपछि सभापति शेरबहादुर देउवाले सहमहामन्त्रीहरू जीवन परियार, डिना उपाध्याय र बद्री पाण्डेलाई मर्यादाक्रमको मस्यौदा तयारी गर्ने जिम्मेवारी दिनुभएको थियो । तर वरीयताप्रति प्रदेश सभापतिहरूले भने आपत्ति जनाएका छन् ।

सातै प्रदेशका सभापतिहरूले प्रस्तावित वरीयतामा आपत्ति जनाएका हुन् । प्रस्तावित मस्यौदामा प्रदेश सभापतिहरूको मर्यादाक्रम ११ नम्बरमा राखिएको छ । उनीहरूले केन्द्रीय सभापति पछि आफूहरूको वरीयता हुनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *