Main News

एमालेले किन गर्‍यो लेखा समिति बैठक बहिस्कार ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार २८ गते १८:१०
एमालेले किन गर्‍यो लेखा समिति बैठक बहिस्कार ? (भिडियो रिपोर्टसहित)

२८ असार २०७९ काठमाडौं । सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षीले पाउनुपर्ने माग राख्दै नेकपा एमालेले लेखा समिति बैठक बहिस्कार गरेको छ ।

सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदनका विषयमा छलफल गर्न बोलाइएको बैठकमा सभापति नहटेसम्म छलफलमा भाग नलिने भन्दै एमाले सांसदहरुले बैठक बहिस्कार गरेका हुन् ।

समितिको बैठकमा वार्षिक प्रतिवेदनका विषयभन्दा पनि एमाले सांसदहरुले समितिलाई सत्ताको छायाँमा पारेर एक वर्षसम्म कुनै बैठक नभएको भन्दै सभापतिप्रति आक्रोश व्यक्त गरेका छन् ।

बैठकमा नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले प्रमुख प्रतिपक्षको माग जायज भएको भन्दै समर्थन गर्नुभयो ।

बैठकमा नेकपा एकीकृत समाजवादीकी सांसद पार्वती बिसुंखेले समितिले सभापति दिने भन्दा पनि दलभित्र छलफल गर्नुपर्ने धारणा राख्नुभयो । एमालेका सांसदहरुले बैठक बहिस्कार गरे पनि समितिको वार्षिक प्रतिवेदन बहुमतले पारित भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *