नेपालमा श्रीलंकाको जस्तो अवस्था आउँदैनः सांसद देव (भिडियो रिपोर्टसहित)

२९ असार २०७९ काठमाडौं । नेपाली कांग्रेसका सांसद जीतेन्द्रनारायण देवले नेपाल श्रीलंकाको जस्तो आर्थिक संकटतर्फ नगएको दाबी गर्नु भएको छ ।
राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद देवले नेपाल श्रीलंकाको जस्तो आर्थिक संकटतर्फ नगएको बताउनुभएको हो । उहाँले नेपालमा श्रीलंकाको जस्तो अवस्था आउन नदिन सतर्कता भने जरुरी रहेको बताउनुभयो ।
सांसद देवले श्रीलंकाले निरन्तर दुई दशकदेखि गलत आर्थिक नीति लिएको, भ्रष्टाचार, कमिशनतन्त्र र परिवारवादका कारणले अहिलेको अवस्था भोग्नुपरेको बताउनुभयो । उहाँले नेपालले कस्तो किसिमको ऋण लिने र कस्तो किसिमको ऋण नलिने भन्ने विषयमा विज्ञसँग बहस हुनुपर्ने बताउनुभयो ।
सांसद देवले विगतमा र अहिले सरकार चलाउने नेताहरुले आफु दलाल नोकरशाही पूँजीवादको घेरामा रहे नरहेकोमा भने समीक्षा गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया