Main News

फेरि बढ्यो कोरोना संक्रमण, एकै दिन थपिए १७७ जना संक्रमित

हिमालय टिभी
२०७९ असार २८ गते १६:३१
फेरि बढ्यो कोरोना संक्रमण, एकै दिन थपिए १७७ जना संक्रमित

२८ असार २०७९ काठमाडौं । पछिल्लो पटक नेपालमा थप १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१ हजार ८०५ जनाको पीसीआर परीक्षण गर्दा १४४ र १ हजार ३ सय २१ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जनामा गरी १७७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ८ सय ७३ पुगेको छ । पछिल्लो पटक ४१ जना संक्रमणमुक्त भएका छन् । ८ सय ५३ जना होम आइसोलेसनमा छन् ।

२० जना संस्थागत आइशोलेशन र ११ जना आईसीयूमा छन् । एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २१ हजार ३०१ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *