राजनीति

संसदमा उपसभामुख र उपाध्यक्ष पदमा महिला नहुनु लाजमर्दोः वामदेव गौतम (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार २८ गते १४:२०
संसदमा उपसभामुख र उपाध्यक्ष पदमा महिला नहुनु लाजमर्दोः वामदेव गौतम (भिडियो रिपोर्टसहित)

२८ असार २०७९ काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सरकार र राजनीतिक दलको गैरजिम्मेवारीका कारण प्रतिनिधिसभाका उपसभामुख र राष्ट्रियसभाका उपाध्यक्षको रिक्त पदपूर्ति हुन नसकेको बताउनुभएको छ ।

राष्ट्रिय सभाको आजको बैठकमा गौतमले पुरुष सदस्य पद रिक्त भएको खण्डमा कुर्नै नपर्ने अवस्था हुने दाबी गर्दै महिला रिक्त पदकै कारण प्रतिनिधि सभामा ४ वर्ष र राष्ट्रिय सभामा करिव ४ महिनायता पदपूर्ति हुन नसक्नु दुःखको विषय भएको बताउनुभयो । उहाँले यो विषय सरकार र दलहरुको प्राथमिकतामा नपरेको बताउनुभयो ।

गौतमले सरकार र राजनीतिक दलहरुको लापरबाहीप्रति महिला सदस्यहरुले आन्दोलन गर्नुपर्ने अवस्था आएको पनि बताउनुभयो ।

प्रतिनिधि सभाको उपसभामुख पद झण्डै चार वर्षदेखि र राष्ट्रियसभा उपाध्यक्ष पद पनि केही महिनादेखि खाली छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *