Main News

एमाले अध्यक्ष ओली र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता

हिमालय टिभी
२०७९ असार २८ गते १३:२१
एमाले अध्यक्ष ओली र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता

२८ असार २०७९ भक्तपुर । चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ ।

ओली निवास बालकोटमा भएको भेटमा आपसी सम्बन्ध र दुई पक्षीय हितका विषयमा छलफल भएको एमाले विदेश विभाग उपप्रमुख कृष्ण केसीले जानकारी दिनुभयो ।

दुई नेताबीच नेपाल–चीन सम्बन्ध र समृद्धिका विषयमा छलफल भएको केसीले बताउनुभयो । भेटवार्ताका क्रममा नेपालमा राजनीतिक स्थिरताका लागि दलहरुबीच बलियो सम्बन्ध र आपसी विश्वास हुनुपर्नेमा लिउको जोड थियो ।

आजै उहाँले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसँग भेट्ने कार्यक्रम छ। होटल एभरेष्ट बानेश्वरमा दुई नेतासँग भेट्ने कार्यक्रम रहेको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

आइतबार काठमाडौं आइपुगेका लिउले त्यही दिन प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डाक्टर नारायण खड्कासँग भेट गर्नुभएको थियो ।

त्यस्तै हिजो माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट भएको थियो । लिउले भोलि राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेपछि स्वदेश फर्किने कार्यक्रम छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *