Main News
कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्ने
२०७९ असार २८ गते ९:१५

२८ असार २०७९ काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।
स्थानीय तहको निर्वाचनको समीक्षा र आगामी निर्वाचनको रणनीतिबारे छलफलका लागि बैठक हिजोदेखि शुरु भएको हो । आजको बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने छ ।
यसअघि हिजोको बैठकमा प्रदेशका सभापतिहरूले गठबन्धनका कारण निर्वाचन परिणाम राम्रो आएको भए पनि गठबन्धनभित्रका अन्य दलहरूले भोट हाल्नमा पूर्ण इमान्दारिता भने नदेखाएको रिर्पोटिङ गरेका थिए ।
बैठकमा नेता शेखर कोइरालाले स्थानीय चुनावमा गरिएको गठबन्धनप्रति आपत्ति जनाउनुभएको थियो । तालमेलले कांग्रेसलाई भन्दा अन्य पार्टीलाई फाइदा भएको उहाँको दावी थियो ।
प्रतिक्रिया