Main News

त्रिविमा किन दोहोरिन्छ सँधै प्रश्नपत्र प्रकरण ? (भिडियो रिपोर्टसहित)

२०७९ असार २७ गते २१:२४
त्रिविमा किन दोहोरिन्छ सँधै प्रश्नपत्र प्रकरण ? (भिडियो रिपोर्टसहित)

२७ असार २०७९ काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा पछिल्लो समय प्रश्नपत्र दोहोरिनेलगायतका समस्या देखिने गरेका छन् । जस्ले गर्दा परीक्षा रद्द गरी पुनः परीक्षा लिने निर्णय विश्वविद्यायले गरेको छ । यसको प्रत्यक्ष मार विद्यार्थीलाइ परेको छ ।

तपाई त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायको डिनको कार्यलय पुग्नु भयो भने त्यहाँ डिनलाई देख्नुहुन्न, किनभने डिन छिर्ने ढोकामा ताला लगाइएको छ । विश्वविद्यालयको रजिस्ट्रारको कार्यालयमा पनि रजिस्ट्रार देख्नुहुन्न यहाँ पनि ताला लगाइएको छ । यो ताला सोमबार नेपाल विद्यार्थी संघले लगाएको हो ।

विद्यार्थीहरु यसरी आक्रोशित हुनुको कारण हो, प्रश्नपत्र । असार २२ गते बीबीए छैठौं सेमेस्टरका विद्यार्थीले अर्गनाइजेस्नल विहेविअर विषयको परीक्षा दिए । परीक्षा दिएको बेलुका परीक्षा रद्द भएको खबर विश्वविद्यालयले विद्यार्थीलाई पठायो । त्यस्तै असार २५ गते नेप्लिज सोसाइटी एण्ड पोलिटिक्सको परीक्षा दिन विद्यार्थीहरु परीक्षा हलमा पुगे । त्यो दिन पनि विद्यार्थीले प्रश्नपत्रकै त्रुटिका कारण परीक्षा दिन पाएनन् । जस्का कारण विद्यार्थीहरु आजित भैसकेका छन् ।

यही कारण विश्वविद्यालयसँग विद्यार्थीहरू आजित छन् । विश्वविद्यालयले भने अध्यापकलाई दोष देखाउँदै माफी मागेको छ ।

हुनत, प्रश्नपत्र दोहोरिएको र विभिन्न समस्या देखिएको व्यवस्थापन संकायमा मात्रै होइन । अन्य विषयमा पनि प्रश्नपत्र दोहोरिँदा वा त्रुटी हुँदा विद्यार्थीले नै समस्या भोग्नुपरेको छ । विश्वविद्यालयमा हुने राजनीति नै यसको प्रमुख कारण भएको शिक्षाविद् बताउँछन् ।

अहिलेको समयमा प्रश्नपत्र दोहोरिनुलाई सामान्य रुपमा लिन सकिँदैन । प्रविधिको युगमासमेत विश्वविद्यालयले प्रश्नपत्र दोहोरिएको वा अन्य कारण देखाउँदै परीक्षा नै रद्द गरी पुनः परीक्षा लिने अवस्थामा पुग्नुलाई शिक्षाविद्हरुले लज्जाको विषयका रुपमा लिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *