Main News
आर्थिक संकटका बेला करोडौंको हतियार किन्न लागेको भन्दै एमालेको विरोध (भिडियो रिपोर्टसहित)
२०७९ असार २७ गते १६:३३
२७ असार २०७९ काठमाडौं । नेकपा एमालेले नेपाल प्रहरीका लागि करोडौंको हतियार किन्न लागेको भन्दै विरोध गरेको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा एमालेका सांसद नवराज सिलवालले सरकारले ८४ करोड रुपैयाँ बराबरको हतियार किन्न बजेट रकमान्तर गरेको भन्दै आपत्ति जनाउनु भयो ।
उहाँले देशमा आर्थिक संकट आउन लागेको बेलामा हतियार किन्न खोजेर सरकारले राष्ट्रघात गरेको बताउनुभयो ।
सांसद सिलवालले हाल प्रहरीलाई हतियार नचाहिएको भन्दै विचौलिया र राजनीतिक व्यक्तिलाई पैसा चाहिएकाले योजना अघि बढाइएको दाबी गर्नुभयो ।
सांसद सिलवालले नेपाल प्रहरीलाई हतियार नभई व्यारेक र प्रविधि चाहिएको बताउनुभयो ।
प्रतिक्रिया