Main News
संवैधानिक परिषद्सम्बन्धी विधेयक दर्ता गराएकोमा एमालेको आपत्ति (भिडियो रिपोर्टसहित)
२०७९ असार २७ गते १६:२८
२७ असार २०७९ काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रिय सभामा दर्ता गराएकोमा आपत्ति जनाएको छ ।
प्रतिनिधि सभामा एमाले सांसद डा. शिवमाया तुम्बाहाङ्फेले विधेयक सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहे पनि राष्ट्रिय सभामा दर्ता भएकोमा आपत्ति जनाउनुभयो ।
तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशको प्रावधान समेटेर सरकारले विधेयक दर्ता गरेको हो । कांग्रेसले त्यत्तिबेला अध्यादेशको विरोध गर्दै फिर्ता लिन माग गरेको थियो ।
प्रतिक्रिया