राजनीति

एमालेले कार्यकर्तालाई दियो यस्तो निर्देशन

हिमालय टिभी
२०७९ असार २७ गते १५:०७
एमालेले कार्यकर्तालाई दियो यस्तो निर्देशन

२७ असार २०७९ काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमालेले एक्लै जित्नेगरी तयारी गर्न कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।

अन्तर पार्टी निर्देशन (अपानि) जारी गर्दै एमालेले सत्तारुढ पाँच दलले आउने निर्वाचनमा पनि गठबन्धन कायम गर्ने भएकाले त्यसबाट त्रसित नहुन पनि निर्देशन दिएको छ ।

अपानिमा स्थानीय तह निर्वाचनको परिणामलाई हेर्दा बहुमतका लागि आवश्यक पर्ने करिब १६ प्रतिशत मत थप गर्न लागि पर्नुपर्ने पनि उल्लेख छ । ७५३ वटै स्थानीय तहको निर्वाचन परिणाम आइसकेपछि एमालेले गठबन्धनको सहारामा कांग्रेसले प्रमुख पदमा केही बढी जिते पनि एमालेको जनमत बढेको निष्कर्ष निकालेको छ ।

अपानिमा कांग्रेसले आफू बलियो भएका १३५ पालिकामा मात्र एक्लै चुनाव लडेको र बाँकी ठाउँमा कतै दुई दल र कतै महागठबन्धन बनाएर एमालेसँग प्रतिस्पर्धा गरेको उल्लेख छ ।

एमालेले देशभरको चुनावी रिपोर्टका आधारमा ३०७ पालिकामा कांग्रेसले आफूलाई सहज हुने एक वा एकभन्दा बढी दलसँग आंशिक गठबन्धन बनाएको र एमाले बलियो भएका ३११ पालिकामा सबै दलको पूर्ण या महागठबन्धन गरेको जनाएको छ । एमालेले अन्य वाम गठबन्धनको सम्भावनाबारे बोलेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्