Main News

बागमती तथा कर्णाली प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना

हिमालय टिभी
२०७९ असार २७ गते ९:४१
बागमती तथा कर्णाली प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना

२७ असार २०७९ काठमाडौं । आज पनि देशभर मौसम बदली रहने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । देशको पहाडी भू–भागका केही स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती तथा कर्णाली प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । महाशाखाले आज देशको अधिकांश क्षेमा मौसम बदली रहने भएकाले जनजीवन प्रभावित हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *