Main News

नेपाल भ्रमणमा रहेको उच्चस्तरीय चिनियाँ टोली भेटघाटमा व्यस्त

हिमालय टिभी
२०७९ असार २७ गते ८:३८
नेपाल भ्रमणमा रहेको उच्चस्तरीय चिनियाँ टोली भेटघाटमा व्यस्त

२७ असार २०७९ काठमाडौं । नेपाल भ्रमणमा रहेको उच्चस्तरीय चिनियाँ टोली आज पनि शीर्ष तहको भेटघाटमा व्यस्त छ ।

चार दिनको भ्रमणका लागि काठमाडौँ आएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओले आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दै हुनुहुन्छ । प्रचण्डसँग अपराह्न ४ बजे हुने भेटअघि चिनियाँ टोली बिहान साढे ९ बजेदेखि सवा १० बजेसम्म सुन्दरीजलस्थित विपी संग्रहालयको अवलोकनमा जाने छ ।

त्यहाँबाट फर्केपछि शान्ति निकुञ्ज स्कुलमा आयोजित कार्यक्रममा सहभागी हुने जनाइएको छ । अपरान्ह ४ बजेदेखि प्रचण्डसँग होटल सोल्टीमा भेटघाटको कार्यसूची रहेको छ । त्यही प्रचण्डले चिनियाँ नेताको सम्मानमा रात्रिभोज आयोजना गर्नुहुनेछ ।

यसअघि चिनियाँ टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री देउवा र सीपीसीका विदेश विभाग प्रमुख जियान्चाओबीच द्वि–देशीय सम्बन्ध, चिनियाँ परियोजना वेल्ट एण्ड रोड इनिसिएटिभ वीआरआईको कार्यान्वयन लगायतका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

विदेश विभाग प्रमुख जियान्चाओले वीआरआईबारे चासो राखेको बताइएको छ । त्यस्तै प्रधानमन्त्री देउवाले नेपालमा चिनियाँ सहयोगको प्रशंसा गर्नुभएको थियो । जियान्चाओको टोलीले भोलि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नेछ ।

त्यसैदिन अपरान्ह ४ बजे नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसँग नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा भेटवार्ता गर्ने कार्यक्रम छ । बुधबार मात्र राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ टोलीले शिष्टाचार भेट गर्ने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *