समाज

किन कर्जाको दलदलमा फस्दै छन् बाँकेका उद्यमी महिला ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार २६ गते १८:४१
किन कर्जाको दलदलमा फस्दै छन् बाँकेका उद्यमी महिला ? (भिडियो रिपोर्टसहित)

२६ असार २०७९ बाँके । बाँकेका उद्यमी महिलाहरु लघुवित्तको कर्जा चुक्ता गर्न नसक्दा समस्यामा परेका छन् । लघुवित्तबाट लिएको कर्जा तिर्न नसक्दा उनीहरु विभिन्न संस्थाहरुमा ऋण माग्नका लागि धाउन बाध्य छन् । एउटा लघुवित्त संस्थाबाट निकालेर अर्कोमा किस्ता तिर्ने काम गर्दै कर्जाको दल दलमा फस्दै गएका छन् ।

सर्वसाधारणलाई सहज वातावरण मिलाउने किसिमले खोलिएका लघुवित्तहरुका कारण सयौं महिला तथा उनीहरुका परिवार समस्यामा परेका छन् । सस्तो व्याजमा ऋण दिने प्रलोभनमा पारी लघुवित्तले धान्नै नसकिने व्याज लिने गरेको महिलाहरुको गुनासो छ ।

शुरुमा धेरै सुविधाको प्रलोभन देखाएर ऋण दिने तर किस्ता तिर्नका लागि समय पनि नदिने, घरमै आएर धम्क्याउने लघुवित्तका व्यवहारका कारण उद्यमी महिलाहरु हैरान छन् ।

अध्ययनअनुसर नेपालमा करिव २२ लाख नागरिकले कर्जा लिएका छन् । २२ लाखमध्ये ७५ प्रतिशत नागरिकहरुले कर्जा समयमा तिर्न सकेका छैनन् । ऋण उठाउन आएका लघुवित्तका प्रतिनिधिले ज्यादत्ति नै गरेको अनुभव ऋण लिएर हदैसम्मको ज्यादत्तिका कारण बस्नसमेत गाह्रो भएको छ । लघुवित्तको व्यवहारका कारण कतिपय महिलाको घरपरिवारको सम्बन्ध समेत बिग्रिएको छ ।

लघुवित्तहरुको यो ज्यादतीविरुद्ध पीडितले संघर्ष गर्न थालेका छन् । बचौं, बचाऔं र अघि बढौं भन्ने मुल नाराका साथ उनीहरुले देशव्यापी आन्दोलन गर्न तयारी समेत गरेका छन् ।

लघुवित्तीय संस्थाविरुद्ध लघुवित्त पीडित महिलाहरुले सरकारसँग लघुवित्तीय संस्थाहरु खारेज गर्न, लघुवित्तीय संस्थाहरुद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर्न, आम गरिब किसानहरुलाई निर्ब्याजी ऋण प्रदान गर्न, आवश्यकता र क्षमताका आधारित काम र दामको व्यवस्था गर्न, समाजवादी अर्थतन्त्रको विकास गर्न माग राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *