Main News

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ काठमाडौंमा

हिमालय टिभी
२०७९ असार २६ गते १३:०६
चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ काठमाडौंमा

२६ असार २०७९ काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभाग प्रमुख लिउ जियान चाओ काठमाडौं आइपुग्नु भएको छ ।

लिउ चारदिने भ्रमणका क्रममा बिहान काठमाडौं आउनु भएको हो । नेपालमा रहँदा उहाँले उच्च राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ। लिउले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेट्दै हुनुहुन्छ ।

नेपाल बसाइका क्रममा चिनियाँ नेता लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतसँग भेटवार्ता गर्दै हुनुहुन्छ ।

लिउ र उपप्रमुख चेन झोउले केही दिन अघि माओवादी, एमाले र कांग्रेसका नेताहरूसँग भर्चुअल संवाद गर्नुभएको थियो । नेपालमा आमनिर्वाचनको तयारी चलिरहेको र ठूला कम्युनिस्ट पार्टीबीच एकताको चर्चा चलिरहेका बेला भएको लिउको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

गत चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणपछि चीनका तर्फबाट भएको यो उच्चस्तरको अर्को नेपाल भ्रमण हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *