Main News

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख चाओ आज नेपाल आउँदै

हिमालय टिभी
२०७९ असार २६ गते ७:४६
चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख चाओ आज नेपाल आउँदै

२६ असार २०७९ काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का नव नियुक्त विदेश विभाग प्रमुख लिउ जियान चाओ आज चार दिनको नेपाल भ्रमणमा आउँदै छन् ।

लिउ र उपप्रमुख चेन झोउले केही दिनअघि माओवादी, एमाले र कांग्रेसका नेताहरूसँग बेइजिङबाट भर्चुअल संवाद गरेका थिए । नेपालका कम्युनिस्ट पार्टीहरूलाई प्राथमिकता दिँदै आएको चीनले नेपाली कांग्रेससँग पनि सम्बन्ध विस्तार गर्न खोजेको छ ।

त्यसैलाई मध्यनजर गरेर लिउले आसन्न नेपाल भ्रमणका दौरानमा कांग्रेस, एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत भेट्ने कार्यक्रम रहेको छ ।

नेपालमा फेरि आम निर्वाचनको तयारी चलिरहेका र ठूला कम्युनिस्ट पार्टीबीच एकताका लागि सदासयता व्यक्त गर्ने र सत्तारूढ कांग्रेससँग सम्बन्ध सुधार गर्ने रणनीति चीनले लिएको चर्चा भइरहेका बेला विदेश विभागको जिम्मेवारी सम्हालेपछि लिउले पहिलो पटक मुलुक बाहिरको यात्रामा नेपाल रोजेका हुन् ।

निर्वाचन हुने पूर्वसन्ध्यामा उत्तरी छिमेकबाट हुन लागेको भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *