राजनीति

तत्कालिन नेकपा पुनः ब्यूँताउनेबारे छलफल भइरहेको अध्यक्ष नेपालको खुलासा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार २५ गते १७:०५
तत्कालिन नेकपा पुनः ब्यूँताउनेबारे छलफल भइरहेको अध्यक्ष नेपालको खुलासा (भिडियो रिपोर्टसहित)

२५ असार २०७९ काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वाम शक्तिबीच फेरि एकता हुनसक्ने संकेत गर्नुभएको छ ।

समाजवादी प्रेस सङ्गठनले बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष नेपालले तत्कालीन नेकपाका सचिवालयका बहुमत सदस्यबीचको छलफल नेकपालाई पुनः ब्युँताउने विषयमा केन्द्रित बनेको खुलासा गर्नुभयो ।

सहकार्य र एकताका लागि जहिलेपनि खुल्ला रहेको बताउँदै अध्यक्ष नेपालले सकेसम्म धेरैलाई समेटेर अगाडि बढ्ने चाहनामा आफू रहेको पनि उल्लेख गर्नुभयो ।

अध्यक्ष नेपालले सहयात्रा दक्षिणपन्थी र उग्रबामपन्थी दुबै सोचमा नभई सहि निति तथा दृष्टिकोणमा हुने समेत उल्लेख गर्नुभयो । सही नीति तथा दृष्टिकोण भएका जो कसैसँग सहमति, सहकार्य र एकतासम्म जान सकिने उहाँको भनाइ थियो ।

कार्यक्रममा बोल्दै उहाँले आगामी चुनावसम्म पाँच दलीय गठबन्धन कायम रहने पनि उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्