Main News

राष्ट्रिय परिचयपत्रमा फोटोका लागि बनाइएका केही नियम असहज (भिडियो रिपोर्टसहित)

२०७९ असार २४ गते २०:५४
राष्ट्रिय परिचयपत्रमा फोटोका लागि बनाइएका केही नियम असहज (भिडियो रिपोर्टसहित)

२४ असार २०७९ काठमाडौं । आगामी दुई वर्षमा सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने उद्देश्यसहित सरकारले धमाधम राष्ट्रिय परिचयपत्र बनाउने प्रक्रिया थालेको छ । तर परिचयपत्रमा टाँस्ने फोटोका लागि बनाइएका केही नियम भने असहजजस्ता देखिएका छन् ।

सरकारले आगामी दुई वर्षमा सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने घोषणा गरेको छ । बजेटमार्फत २०७९–८० भित्र २० लाख नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने घोषण गरिएको थियो । यसका लागि सरकाले राष्ट्रिय अभियानकै रुपमा कार्यक्रम अगाडि बढाएको छ ।

राष्ट्रिय परिचयपत्रमा फोटोसहितका व्यक्तिगत विवरण मात्र नभएर औंठा छाप, आँखाको रेटिनाजस्ता बायोमेट्रिक विवरण पनि संकलन गर्ने प्रावधान छ । तर फोटो खिच्दा अपनाउनुपर्ने कतिपय नियममा भने नागरिक सचेत हुनुपर्छ ।

पुरुषको हकमा कालो कपालबाहेक अन्य रंगको कपाल भए ढाका टोपी लगाउने, मफ्लर, गम्छा लगाएको हटाउने र चश्मा निकाल्ने नियम बनाइएको छ । कपालको रंगबारे बनाइएको नियम भने पुरुषहरुका लागि असहज देखिन्छ ।

त्यस्तै महिलाको हकमा पनि कपाल कालो हुनुपर्ने, चश्मा निकाल्नुपर्ने र अत्यधिक मेकअप भए मुख नै धोएर फोटो खिच्नुपर्ने नियम बनाइएको छ । यस्तै गाजल, टीकादेखि लिपस्टिक पुछ्नुपर्ने प्रावधान छ ।

पुरुषको हकमा प्राकृतिक सेतो रंगबाहेक अन्य रंग लगाएको पाइएमा मात्रै टोपी लगाउनुपर्ने र यस्तो नियम कतिपय अवस्थामा बाध्यकारी नभएको बताउनुहुन्छ ।

सरकारी प्रयोजनका लागि खिच्ने कतिपय फोटोमा कुनै पनि मापदण्ड नहुने गरेको अवस्थामा राष्ट्रिय परिचय पत्रका लागि बनाइएका सर्तहरु असहज जस्ता देखिन्छन् । तर परिचय पत्र बनाउन आउनेहरुले भने यी प्रावधानबाट खास बाधा पुगेको अनुभूति गरेका छैनन् ।

राष्ट्रिय परिचयपत्र संचालन कार्यविधि २०७७ ले भने फोटो खिच्दा पछाडिको भाग सफा सेतो रंग र कोठामा पर्याप्त मात्रामा प्रकाश पुगेको हुनुपर्ने र फोटोको आकार अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्डअनुसार हुनुपर्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *