Main News

जीर्ण कलेजहरुको भौतिक पूर्वाधार निर्माणमा काम गर्न नसकेको मन्त्रीको स्वीकारोक्ति (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार २४ गते १८:५८
जीर्ण कलेजहरुको भौतिक पूर्वाधार निर्माणमा काम गर्न नसकेको मन्त्रीको स्वीकारोक्ति (भिडियो रिपोर्टसहित)

२४ असार २०७९ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयको विषयमा संसदमा आलोचना सुन्नु परेको बताउनु भएको छ ।

त्रिभुवन विश्वविद्यालयको ६३औँ वार्षिक दिवसका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री पौडेलले त्रिवि सुधारको माग संसदमा धेरै उठ्ने गरेको बताउनुभएको हो ।

कार्यक्रममा उहाँले त्रिचन्द्र कलेजलगायत देशभर जीर्ण रहेका कलेज र विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माणमा काम गर्न नसकेको स्वीकार गर्नुभयो ।

भूकम्पले क्षति पुगेका विद्यालयको पुनर्निर्माणमा दातृ संस्थाको सहयोग कागजी रुपमा मात्रै पाएको र व्यवहारमा नपाउँदा पुनर्निर्माणमा ढिलाई भएको दाबी गर्नुभयो ।

सरकारले उच्च शिक्षा र प्रौढ शिक्षालाई हेर्न नजर एउटै बनाएको भन्दै त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघका अध्यक्ष प्रा. डा. वसन्त ढकालले सरकारी प्रणालीलाई परिवर्तन गर्न माग गर्नुभयो ।

त्रिभुवन विश्वविद्यालय स्थापनको ६३ वर्ष पुग्दा पनि अझै त्रिवि ‘एजुकेशन फर नलेजमा’ नै सीमित रहेकोप्रति मन्त्री पौडेलको ध्यानाकर्षण गराउँदै अब ‘एजुकेशन फर स्कील, एजुकेशन फर इनोभेसन र एजुकेशन फर इम्पावरमेन्ट’ बनाउनुपर्नेमा जोड दिनुभयो ।

त्रिविले आगामी आर्थिक वर्ष २०७९–०८० को नीति तथा कार्यक्रम पनि सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *