Main News

नागरिकता विधेयक संसदबाट फिर्ता, विपक्षी दलका सांसदको विरोध (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार २४ गते १८:५०
नागरिकता विधेयक संसदबाट फिर्ता, विपक्षी दलका सांसदको विरोध (भिडियो रिपोर्टसहित)

२४ असार २०७९ काठमाडौं । सरकारले प्रतिनिधिसभामा विचाराधीन नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७५ फिर्ता लिएको छ ।

प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले बिचाराधीन विधेयकमा रहेका विवादित विषयहरु कायमै राखेर अगाडि बढाउन भन्दा फिर्ता लिएर नयाँ विधेयक ल्याउँदा सहज हुने भएकाले फिर्ता लिइएको बताउनुभयो । उहाँले नागरिकता विधेयक फिर्ता लिन सबै दल सहमत भएको दाबी गर्नुभयो ।

केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ साउन २२ गते विधेयक प्रतिनिधिसभा सचिवालयमा दर्ता गराएको थियो । वर्तमान सरकारले अर्को विधेयक ल्याउने गरी प्रतिनिधिसभामा विचाराधीन रहेको विधेयक फिर्ता लिएको जनाएको छ ।

नेकपा एमालेका सांसदहरुले भने नागरिकता विधेयक फिर्ता लिने प्रस्तावको विरोध गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *