Main News

राष्ट्रपतिबाट तीन देशका लागि राजदूत नियुक्त

२०७९ असार २४ गते १६:२९
राष्ट्रपतिबाट तीन देशका लागि राजदूत नियुक्त

२५ असार २०७९ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा विभिन्न तीन देशका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले ओमन, साउदी अरेबिया र श्रीलङ्काका लागि आवासीय राजदूत नियुक्त गर्नुभएको हो । उहाँले डोरनाथ अर्याललाई ओमन, नवराज सुवेदीलाई साउदी अरेबिया र वासुदेव मिश्रलाई श्रीलङ्काका लागि आज राजदूत नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

नेपालको संविधानबमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राजदूत नियुक्त गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *