यस्ता छन् संसद बैठकको आजको कार्यसूची

२४ असार २०७९ काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय विधेयक सम्बन्धी संसदीय समितिको प्रतिवेदन पेस हुँदैछ ।
दिउँसो २ बजे बस्ने बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका ज्येष्ठ सदस्य मुकन्द न्यौपानेले सो प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।
संशोधिक विधेयकमा काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था केन्द्र सरकार मातहत रहने उल्लेख छ । यो व्यवस्थाको प्रदेशका आन्तरिक मामिला मन्त्रीहरूले विरोध गरेका छन् ।
यस्तै गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने प्रस्ताव प्रस्तुत् गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ।
यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ संसदमा प्रस्तुत् गर्ने कार्यसूची रहेको छ ।
प्रतिक्रिया