Main News

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्ने

हिमालय टिभी
२०७९ असार २३ गते ८:५६
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्ने

२३ असार २०७९ काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजका लागि बोलाइएको छ ।

प्रज्ञा भवन कमलादीमा बिहान ११ बजेका लागि बोलाइएको बैठकले सबै पदाधिकारीको टुङ्गो लगाउने माओवादीको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।

गत आइतबारदेखि शुुरु बैठकमा पदाधिकारी टुङ्गो लगाउन दबाब बढेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो र अस्ति बैठक नै स्थगित गरेर पदाधिकारीको बारेमा छलफल गर्नुभएको थियो ।

नेता दीनानाथ शर्माका अनुसार अध्यक्ष प्रचण्डले आजको केन्द्रीय कमिटी बैठकमा पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरूको नाम प्रस्ताव गर्नुहुनेछ । प्रचण्डले प्रस्ताव गरेको नाम नै सर्वसम्मत पारित हुने उहाँले दाबी गर्नुभयो ।

गत पुस १९ गते सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले प्रचण्डलाई सर्वसम्मत अध्यक्ष चयन गरे पनि अध्यक्ष बाहेकका अन्य पदाधिकारी भने चयन हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *