Main News

संसदीय छानबिन समितिले आजैदेखि काम थाल्दै

हिमालय टिभी
२०७९ असार २३ गते ८:००
संसदीय छानबिन समितिले आजैदेखि काम थाल्दै

२३ असार २०७९ काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय समितले काम थाल्दैछ ।

ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णको अध्यक्षतामा बस्ने पहिलो बैठकले आज समितिको संयोजक चुनेर कार्यविधि तय गर्नेछ ।

त्यसका लागि आजै बैठक बस्नेछ । तर समय भने निर्धारण भइ नसकेको कर्णले जानकारी दिनुभयो ।

समितिलाई बजेटमा करका दर हेरफेर गर्ने सम्बन्धमा अनधिकृत व्यक्ति प्रवेश गरेको भनी संसदमा उठेको विषयमा छनबिन गर्ने अधिकार प्रत्यायोजन गरिएको छ । समितिलाई १० दिनभित्र प्रतिनिधि सभामा प्रतिवेदन पेश गर्ने कार्यादेश छ ।

समितिमा एमालेका ४, नेपाली कांग्रेस र माओवादी केन्द्रका २–२ जना, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका एक–एक जना गरी ११ जना सदस्य छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *