Main News

तुइन चुँडिएर बेपत्ता भएका बुढाथोकीको खोजी गर्न गृहमन्त्रीको निर्देशन

२०७९ असार २२ गते २१:३७
तुइन चुँडिएर बेपत्ता भएका बुढाथोकीको खोजी गर्न गृहमन्त्रीको निर्देशन

२२ असार २०७९ काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले दार्चुला जिल्ला ब्यास गाउँपालिका–२ स्थित तुइनमार्फत भारतबाट नेपाल आउने क्रममा नदीमा खसेर बेपत्ता भएका १८ वर्षीय सचिन बुढाथोकीको खोजीकार्य तीव्र बनाउन निर्देशन दिनुभएको छ ।

गृहमन्त्री खाणले दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, सशस्त्र प्रहरी बल सुदूरपश्चिम प्रदेश प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक दुर्गाप्रसाद भट्टराई र नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक मोहन आचार्यलाई टेलिफोन गरी बेपत्ता बुढाथोकीको खोजी कार्य तीव्र बनाउन निर्देशन दिनुभएको हो ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक भट्टराईले खोजी तीव्र पार्दा अहिलेसम्म फेला पार्न नसकिएको बताउनुभयो । बिहीबार थप फौज पठाएर खोजी कार्य तीव्र बनाइने उहाँले जानकारी दिनुभयो ।

बुढाथोकी आज दिउँसो ३ः३० बजे भारीसहित भारतबाट नेपाल आउने क्रममा तुइन चुँडिएर नदीमा खसी बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *