Main News

अर्थमन्त्री विवाद छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन

हिमालय टिभी
२०७९ असार २२ गते १६:२६
अर्थमन्त्री विवाद छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन

२२ असार २०७९ काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न ११ सदस्यीय संसदीय छानबिन समिति गठन भएको छ ।

आज प्रतिनिधि सभा बैठकले समिति गठन गरेको हो । बैठकमा सभामुख अग्नि सापकोटाले संसदीय छानबिन विशेष समिति गठन गर्न प्रस्ताव गर्नु भएको थियो ।

समितिमा एमालेबाट ४, कांग्रेस र माओवादीबाट २–२ तथा जसपा, लोसपा र एकीकृत समाजवादीबाट १–१ जना सहभागी छन् ।

समितिमा खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, देव गुरुङ, शक्ति बस्नेत, पुष्पा भुषाल, लक्ष्मणलाल कर्ण, सरलाकुमारी यादव, सिताराम महतो, सुरेन्द्रप्रसाद यादव हुनुहुन्छ ।

समितिले १० दिनमा प्रतिवेदन बुझाउनु पर्नेछ। नेकपा एमालेले अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएकाले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *