Main News

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै

हिमालय टिभी
२०७९ असार २२ गते ७:२६
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै

२२ असार २०७९ काठमाडौं । पदाधिकारी टुंगो लगाउन स्थगित भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ ।

बैठक स्थगित गरेर हिजो दिनभर आन्तरिक छलफल गरेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारी गर्नुभएको छ ।

दिउँसो एक बजे प्रज्ञा भवनमा बस्ने बैठकमा प्रचण्डले प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ पनि दिने कार्यसूची छ । माओवादीमा महासचिव चयनको विषयमा विवाद देखिएको छ ।

महासचिवमा वर्षमान पुन र जनार्दन शर्माले आकांक्षा देखाएका छन् । पदाधिकारी नटुंगिए पनि केन्द्रीय समितिको बैठकले पोलिटब्यूरो र स्थायी समिति भने टुंग्याउने तयारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *