एनसेलद्वारा सानेपा हाइटमा वृक्षारोपण (भिडियो रिपोर्टसहित)
२०७९ असार २१ गते १७:१४

२१ असार २०७९ काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले ललितपुर महानगरपालिकामा वृक्षरोपण गरेको छ ।
एनसेलका सीईओ एन्डी चोङले सामाजिक उत्तरदायित्वअन्तर्गत वृक्षारोपण गरेको जानकारी दिनुभएको छ । ललितपुरको सानेपा हाइटमा १० किलोमिटर क्षेत्रमा वृक्षारोपण गरिएको उहाँले जानकारी दिनुभयो ।
सडकको सौन्दर्यकरणका लागि मात्रै नभएर हरियाली बढाउन र कार्बन उत्सर्जनका लागि पनि वृक्षारोपरण गरिएको उहाँले जानकारी दिनुभयो ।
ललितपुर महागरपालिका, काठमाडौं महानगरपालिका र वन तथा भूसंरक्षण विभागको सहकार्यमा एनसेलले वृक्षारोपण गरेको हो ।
संरक्षणको अभावमा वृक्षारोपण गरिएको ठाउँ पुनः उजाड हुने गरेको विषयलाई मध्यनजर गरेर संरक्षणमा पनि ध्यान दिएको एनसेलले जानकारी दिएको छ ।
प्रतिक्रिया