Main News

सीसीटीभी भिडियो नष्ट पार्ने काममा प्रधानमन्त्रीको समेत मिलेमतो : पोखरेल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार २१ गते १६:४२
सीसीटीभी भिडियो नष्ट पार्ने काममा प्रधानमन्त्रीको समेत मिलेमतो : पोखरेल (भिडियो रिपोर्टसहित)

२१ असार २०७९ काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अर्थमन्त्रालयको सीसीटीभीको भिडियो नष्ट पार्ने काममा प्रधानमन्त्रीको समेत मिलेमतो रहेको आरोप लगाउनुभएको छ ।

प्रेस चौतारी कैलालीले अत्तरियामा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले अर्थमन्त्रीले सीसीटिभीको भिडियो नष्ट गर्दै नीतिगत भ्रष्टाचार गरेको र प्रधानमन्त्रीले त्यसमा साथ दिएको बताउनुभयो ।

महासचिव शंकर पोखरेलले एमाले नेतृत्वको सरकारलाई विस्थापित गरेपछि मुलुकले दुष्परिणाम भोग्नुपरेको बताउनुभयो ।

गठबन्धन सरकारले ९ महिनामै अर्थतन्त्र डामाडोल पारिदिएको आरोप लगाउँदै पाँच दल सरकार सञ्चालनमा असफल भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *