Main News

गठबन्धन सरकारमा कुर्सीको समस्या सामान्य हो : प्रधानमन्त्री देउवा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार २१ गते १४:४०
गठबन्धन सरकारमा कुर्सीको समस्या सामान्य हो : प्रधानमन्त्री देउवा (भिडियो रिपोर्टसहित)

२१ असार २०७९ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन सरकारमा कुर्सीको समस्यालाई सामान्य रुपमा लिनुपर्ने बताउनुभएको छ ।

तत्कालिन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण कार्यक्रममा प्रधानमन्त्री देउवाले एउटै पार्टीमा पनि समस्या हुने गरेको भन्दै गठबन्धनमा देखिएको कुर्सीको समस्यालाई सामान्य रुपमा लिन आवश्यक रहेको बताउनु भयो ।

कांग्रेस सभापतिसमेत रहेका देउवाले कोइरालाले अघि सारेको दलहरुबीच सहकार्य र सहमतिको विचारको सान्दर्भिकता आज पनि उत्तिकै रहेको बताउनुभयो ।

कार्यक्रममा कांग्रेस उपसभापति धनराज गुरुङले गठबन्धन टुटे देश दुर्घटनामा जाने चेतावनी दिनुभयो ।

संविधान रक्षा गर्न गठबन्धन सरकार बनेको भन्दै उहाँले बीच बाटोमा पुगेर दलहरु आरोप प्रत्यारोपमा उत्रन नहुने बताउनुभयो । उपसभापति गुरुङले गठबन्धनमा रहेका दलहरुले कांग्रेस इमान्दार भएन भनेर झगडा गर्दा संविधान नजोगिने टिप्पणी गर्नुभयो ।

व्यवस्था परिवर्तन भएर पनि जनताको अवस्था परिवर्तन हुन नसकेको उपसभापति गुरुङको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *