समाज

धादिङमा अघोषित लोडसेडिङले साना उद्योगी तथा व्यवसायी हैरान (भिडियो रिपोर्टसहित)

२०७९ असार २० गते १४:३५
धादिङमा अघोषित लोडसेडिङले साना उद्योगी तथा व्यवसायी हैरान  (भिडियो रिपोर्टसहित)

२० असार २०७९ धादिङ । धादिङमा अघोषित लोडसेडिङले साना उद्योगी तथा व्यावसायी हैरान बनेका छन्। दैनिक विद्युत जाँदा उनीहरूको कामकाजमै असर पर्ने गरेको छ ।

सरकारले भारतलाई अर्बको विद्युत बेचेको सगर्व बताइरहँदा धादिङका अधिकांश स्थानमा लोडसेडिङकै झल्को दिने गरी बिजुली काटिन्छ । अघोषित लोडसेडिङका कारण उद्योग, व्यवसायमै प्रभाव पर्ने गरेको छ भने नागरिकको दैनिकीमा पनि असर पर्ने गरेको छ ।

पटकपटक भइरहने अघोषित लोडसेडिङका कारण साना उद्योगी सबैभन्दा बढी मारमा पर्ने गरेका छन् ।

विद्युत प्राधिकरण भने जनगुनासो सुन्ने फुर्सतमै छैन । पटक–पटक गुनासो लिएर जाने नागरिकलाइ वर्षायाममा यस्तै हुन्छ भन्दै हल्का–फुल्का जवाफ दिन्छ ।

नियमनकारी निकाय प्राधिकरणले टाढाबाट बिजुली आपूर्ति गर्नुपर्दा बिचबिचमा आउने समस्याले गर्दा बिजुली जाने आउने भैरहने बताउने गरेको छ ।

वर्षायाममा ट्रान्समिटर पड्किने, जल्ने, हावाहुरीका कारण तार चुँडिने, बाढी पहिरोले पोल ढाल्ने र न्यून भोल्टेजको बिजुली आउने गरेको प्राधिकरणको भनाइ छ ।

सरकारले प्राकृतिक इन्धनको खपत घटाउन विद्युतीय सामग्री प्रयोगका लागि प्रोत्साहन गरिरहेको छ । तर, नियमित विद्युत आपूर्ति नहुँदासम्म नागरिक यसतर्फ आकर्षित हुन सक्दैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *