एसपीपीका बारेमा प्रचण्डले भ्रम फैलाएको ओलीको आरोप

२० असार २०७९ काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मेरै नेतृत्वको सरकारको पालामा आएको थियो भनेर भ्रमपूर्ण कुरा गरेको भन्दै आपत्ति जनाउनु भएको छ ।
आज प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारकै पालामा सो प्रोग्राम आएको र आफूहरुले अहिले आएर रद्द गराएको दाहालको भनाइ जनतालाई गुमराहमा राख्ने गरी आएको भन्दै आक्रोश व्यक्त गर्नु भयो ।
उहाँले एमसीसी तत्कालीन प्रधानमन्त्री सुशील कोइराला रक्षामन्त्री समेत भएका बेलामा रक्षा मन्त्रालयको निर्णय अनुुसार नेपाली सेनाले अमेरिकी दुतावासलाई पत्राचार गरेको र आफू प्रधानमन्त्री भएपनि त्यसबारे थाहै नदिएको पनि पटक पटक दोहो¥याउनु भयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘एक जना सत्तापक्षीय नेताले भन्नु भयो–उनकै समयमा आएको थियो । र, अहिले आएर हामीले रद्द ग¥यौं । सभामुख महोदयमार्फत म भन्न चाहन्छु । यस्तो अन्यौल जनतालाई गुमराहमा राख्ने, भ्रममा राख्ने कुराहरु राज्यले गर्न पाइँदैन । सत्तामा बसेका नेताहरुले यस्तो भ्रमपूर्ण कुरा गर्न पाइँदैन ।
प्रतिक्रिया