राजनीति
अन्तर्घातको आरोपमा जसपाद्वारा दुई नेता निस्काशित
२०७९ असार २० गते ८:१६

२० असार २०७९ महोत्तरी । स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको आरोपमा जसपाले दुई जनालाई पार्टीबाट निष्कासन गरेको छ ।
निष्कासित हुनेमा मधेस प्रदेशको महोत्तरी क्षेत्र नम्बर ४ (क) का सांसद कौशल कुमार यादव पनि छन् ।
यस्तै संघीय शिक्षक फोरमका महोत्तरी जिल्ला अध्यक्ष कौशल कुमार यादवले पनि अन्तर्घात गरेको भन्दै निष्कासन गरिएको छ।
महोत्तरी जिल्ला कार्यसम्पादन समितिको आइतबारको बैठकले दुबैलाई साधारण सदस्य समेत नरहने गरी कार्वाही गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया