Main News
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै
२०७९ असार २० गते ८:०९

२० असार २०७९ काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ।
काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा हिजोदेखि जारी बैठकमा राजनीतिक प्रतिवेदन, सांगठनिक सुदृढीकरण र पदाधिकारी चयनका विषयमा छलफलमा छन् ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि ९ वटा एजेण्डा प्रस्तुत गरेपछि गरेपछि प्रदेश इन्चार्ज तथा अध्यक्षहरूले रिपोर्टिङ गरिरहेका छन्।
तीन दिनमा बैठक सक्ने तयारी गरिए पनि पदाधिकारी चयन गर्नुपर्ने अधिकांश नेताहरूको दबाबका कारण बैठक लम्बिन सक्ने जनाइएको छ ।
प्रतिक्रिया