राजनीति

कांग्रेस पदाधिकारी बैठक भोलि बस्ने

२०७९ असार २० गते ७:२४
कांग्रेस पदाधिकारी बैठक भोलि बस्ने

२० असार २०७९ काठमाडौं । नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी बैठक यही असार २१ गते बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा कांग्रेसका भ्रातृ र शुभेच्छुक संस्थाका विधानको टुङ्गो लगाउने, मुलुकको समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकमा निकट भविष्यमा हुने सङ्घ र प्रदेशको निर्वाचनका लागि पार्टीको तयारीका विषयमा समेत छलफल हुने बताइएको छ ।

कांग्रेसले स्थानीय तहको निर्वाचन–२०७९ को समीक्षा र विविध विषयमा छलफल गर्न यही असार २७ गते केन्द्रीय कार्यसमितिको बैठकसमेत बोलाएको छ ।

कांग्रेसमा हाल सभापति, वरिष्ठ नेता, उपसभापति, महामन्त्री र सहमहामन्त्री गरी १४ पदाधिकारी छन्, कोषाध्यक्ष भने मनोनीत हुन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्