समाज

नदी कटानले नागरिक सुकुम्बासी बन्ने अवस्थामा, सरकार मूकदर्शक (भिडियो रिपोर्टसहित)

२०७९ असार १९ गते १७:१०
नदी कटानले नागरिक सुकुम्बासी बन्ने अवस्थामा, सरकार मूकदर्शक (भिडियो रिपोर्टसहित)

१९ असार २०७९ कञ्चनपुर । दोधरा चाँदनी नगरपालिका महाकालीपारि भारतसँग जोडिएको नगरपालिका हो । पूर्वमा महाकाली र पश्चिममा जोगबुढा नदीले बर्सेनि कटान गर्दै आएको छ । जसका कारण नेपाली नागरिकको उठीबास लाग्ने अवस्था आइसक्यो । तर, सरकारले रोकथामका लागि कुनै पहल गरिरहेको छैन ।

दोधराचाँदनी नगरपालिका वडा नम्बर १० कुतियाकबरकी ४७ वर्षीया डम्मरी ओली गीतमार्फत आफ्नो पीडा पोख्दै । कुनै समय साढे दुई विघा खेतकी धनी ओलीको जमिन जोगबुढा खोलाले कटान गरेपछि अहिले पाँच कठ्ठामा खुम्चिएको छ ।

जग्गाको ठूलो अंश नदीले कटान गरेपछि १२ जनाको परिवार पाल्नका लागि डम्मरीका श्रीमान भारत जानु परेको छ । सरकारले अहिलेसम्म केही नगरेपछि अब गर्छ भन्ने आश पनि छैन डम्मरी ओलीलाई ।

वर्षायाम सुरु भएपछि दोधरा चाँदनी नगरपालिकाको कुतियाकवरका नागरिक घरखेतै बगाउला भन्ने त्राशमा हुन्छन ।

दोधरा चाँदनी नगरपालिका १० कुतियाकबरको सबैभन्दा ठूलो समस्या वर्षायाममा बाढीको कटानी हो । तर जनप्रतिनिधिले भोट माग्ने बेलामा देखेका नागरिकलाई अहिले देख्न छाडिसकेका छन् ।

नागरिकले नदी किनारमा तटबन्ध बनाइ दिन तीन तहको सरकारसँग माग गरिरहेका छन । तर कुनै पनि सरकारले नागरिकको मागको सुनुवाइ गरेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *