Main News

विज्ञापनसम्बन्धी आचारसंहिता कार्यान्वयनमा मन्त्री कार्कीको जोड (भिडियो रिपोर्टसहित)

२०७९ असार १९ गते १६:४९
विज्ञापनसम्बन्धी आचारसंहिता कार्यान्वयनमा मन्त्री कार्कीको जोड (भिडियो रिपोर्टसहित)

१९ असार २०७९ काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञापनसम्बन्धी आचारसंहिता प्रभावकारी ढंगले कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ ।

विज्ञापन बोर्डले जारी गरेको विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्वन्धी आचारसंहिता सार्वजनिक गर्दै मन्त्री कार्कीले यसको प्रभावकारी कार्यान्यन गर्न बोर्डलाई निर्देशन दिनुभयो ।

उहाँले विज्ञापन भित्रका अस्वस्थ प्रतिस्पर्धा चिर्दै स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउन सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमा बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले आचारसंहिता व्यवसायीको हितमा भएको र यसले विज्ञापनका सबै अंगलाई समेटेको बताउनुभयो ।

३८ पृष्ठ लामो आचारसंहितामा विज्ञापनलाई व्यवस्थापन गर्ने विषय समेटिएको छ । विज्ञापनमा देखिएका विवादलाई समाधान गर्ने उद्देश्यले आचारसंहिता जारी गरिएको बोर्डले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *